मन्त्रिपरिषद्ले गरेका १४ निर्णय (सूचीसहित)

काठमाडौ । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाको भारत भ्रमणलाई स्वीकृति दिएको छ। परराष्ट्र मन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनालाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको छ ।

 

प्रतिक्रिया