चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सर्यो
काठमाडौंं । चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सरेको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शन आउन लागेको चलचित्रको हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत् जानकारी गराएकी छन् ।
असोज ३ गते प्रदर्शन गर्ने गरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित एक गीत ‘उठेर नाचिस्यो’ सार्वजनिक गरेको थियो । यस चलचित्रमा नेपाल र दक्षिण भारतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ लगायतको अभिनय छ भने साउथबाट ब्रम्हानन्दम, अली, प्रदीप रावत, सुनील वर्मा र कबीर दुहन सिंहको मुख्य भूमिका छ ।
नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रको कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।
प्रतिक्रिया