विदेश मोह त्यागेर नेपालमै अध्ययन गर्न विद्यार्थीसँग उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेश मोह त्यागेर नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरेका छन् । 

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताएका हुन् । अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न आह्वान गर्दै मन्त्री सिंहले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने औल्याए । 

उपप्रधानमन्त्री  सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने पनि उल्लेख गरे । अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह उनको छ । नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । 

जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी समेत सिंहले गरे ।

प्रतिक्रिया