झापामा हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार

झापा । बर्षेनी हात्तीका कारण हुंदै आएको धनजनको क्षति न्यूनिकरणका लागि झापाको बिर्तामोडमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ । 

हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा विद्युतीय तारबार निर्माणको काम सुरु गरेको हो । बढ्दो मानवीय र भौतिक क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा जनप्रतिनिधि र स्थानीयको छ । 

सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो । २०८१ जेठ १८ मा सुरु भई कात्तिक २९ मा सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी फुङफुङ्गे शैलेश्वरीले दुई महिना ढिलो गरी काम सुरु गरेको हो । 

देउनियापुल दक्षिणदेखि वडा नम्बर ८ को किसनभिट्टा सम्मको नौ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको संरक्षण कोषले जनाएको छ । यसअघि स्थानीयले व्यहोर्दै आएको धनजनको क्षति विद्युतीय तारबारको निर्माणपछि रोकिने अपेक्षा छ । 

अहिलेसम्म हात्ती नियन्त्रणका लागि झापाको जलथल र चारआली क्षेत्रमा समेत गरी ७६ किलोमिटरमा विद्युतीय तारबार निर्माण भइसकेको छ ।
 

प्रतिक्रिया