अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा

काठमाडौं  । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्मा नेपाल आइपुगेका छन् । 

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

वर्माले  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया