अध्यक्ष प्रचण्ड र बेलायती राजदूत फेनबीच  भेट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । 

ललितपुरको खुमलटारस्थित निवासमा शुक्रबार भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास व्यक्त गरे । 

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया