अफ्रिका बाहिर स्विडेनमा पनि भेटीयो मंकीपक्स

एजेन्सी । अफ्रिका बाहिर पहिलोपटक मंकीपक्स अर्थात एमपक्स संक्रमण पुष्टि भएको छ । 

स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका  बताइएको छ ।

स्विडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले संक्रमण नफैलियोस भनेर स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए । अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि डब्ल्यूएचओले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । 

डब्लुएचओले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको छ । कंगोमा यो रोगबाट ४ सय ५० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।  

प्रतिक्रिया