थाइल्याण्डमा  ३७ वर्षीया सिनावात्रा नयाँ प्रधानमन्त्री चयन


एजेन्सी । थाइल्याण्डको संसदले  फेउ थाई पार्टीकी पेटोङ्टार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ  । 

थाइल्याण्डको शुक्रबार बसेको संसद बैठकले  सिनावात्रालाई ३१ औँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।मतदानमा उनको पक्षमा ३१९ मत, विपक्षमा १४५ मत परेको छ । त्यसैगरी  २७ सांसद भने  अनुपस्थित थिए।

थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको २ दिनपछि उनलाई थाइ संसदले प्रधानमन्त्रीमा चयन गरेको हो । ३७ वर्षीया सिनावात्रा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

प्रतिक्रिया