आरक्षणविरुद्धको प्रदर्शनमा भएको हिंसाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघको टोली बंगलादेश जाने

एजेन्सी । बंगलादेशमा भड्किएको हिंसाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघको विशेषज्ञ टोली आगामी साता बंगलादेश जाने भएको छ । 

सेख हसिनाको सरकार ढलेपछि मोहम्मद यूनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको अवस्थामा बंलादेशमा जुलाई र यही महिना सुरुआत भएको विद्यार्थी आन्दोलनका क्रममा भएको अत्याचारको छानबिनका लागि संयुक्त राष्ट्र संघले आगामी साता एक अनुसन्धान टोली पठाउने जानकारी दिइएको हो । 

टोलीले प्रधानमन्त्री शेख हसीनाको राजीनामा भन्दा पहिला भएको बंगलादेशको प्रदर्शन र हत्याको बारेमा अनुसन्धान गर्ने बताइएको छ । बंगलादेश स्वतन्त्र भएपछि संयुक्त राष्ट्रसंघको टोली पहिलो पटक मानवअधिकार हननको अनुसन्धान गर्न जाने निश्चित भएको हो ।

प्रतिक्रिया