प्रधानमन्त्री ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा पुस्तकालय बनाउने घोषणा गरेका छन् । 

उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा ‘पिपुल्स लाइब्रेरी’ बनाउन लागेका हुन् । ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन् । उनले लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह पनि गरेका छन् । त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन् । लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
 

प्रतिक्रिया