अमेरिकी उपराज्यमन्त्री रिचार्ड आर.बर्मा नेपाल आउँदै

काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् । 

अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणको अवसरमा नेपाल र अमेरिकाबीच समृद्ध, सुरक्षित र बलियो रूपमा दृढ भविष्यलाई अगाडि बढाउन र सहयोग गर्ने विषयमा छलफल हुने बताइएको छ । 

बर्माले नेतृत्व गर्ने प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग छलफल गर्नेछन् । बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्क पनि रहने छन् ।

यस्तै, उनीहरुले भारतको पनि भ्रमण गर्ने छन् । भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्ने तालिका रहेको छ । 

प्रतिक्रिया