आज नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा ४ घण्टा अवरुद्ध हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले शुक्रबार राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य शुक्रबार राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाउँदै यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।
प्रतिक्रिया