बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही   स्थानहरुमा  मेघगर्जन र चट्याङसहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भूभागहरुमा आंशिक देखी साधारणतया बदली रहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

                                                                                                                       

यस्तै, शुक्रबार राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  एक दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया