युक्रेनलाई सहयोगको आरोपमा रुसमा एक अमेरिकी–रुसी महिलालाई १२ वर्ष जेल

एजेन्सी । रुसमा एक अमेरिकी–रुसी महिलालाई ५१ डलर युक्रेनलाई सहयोग गरेकोमा १२ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसको एक अदालतले युक्रेनलाई ५१ डलर सहयोग गर्ने  ब्यालेरिना केसेनिया केरेलिनालाई १२ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी र रुसी नागरिकता पाएकी केरेलिनाले गत साता रुसले सजाय सुनाएको हो ।
उनी अमेरिकाको लस एन्जलसमा बस्दै आएकी थिइन् र २०२१ मा अमेरिकी नागरिक बनेकी थिइन् । रुसको  मस्कोबाट १ हजार ६ सय किलोमिटर  पूर्वमा रहेको येकातेरिनबर्गमा गत जनवरीमा पारिवारिक भ्रमणका क्रममा आएका बेला उनलाई पक्राउ गरिएको थियो।

रुसमा उनीबिरुद्ध अभियोग लगाउनेले  १५ वर्षको जेल सजाय माग गरेका थिए। येकातेरिनबर्गको अदालतले उनलाई उच्च राजद्रोहको दोषी रहेको भन्दै १२ वर्षको जेल सजाय सुनाएको हो ।  क्यारेलिनालाई रुसको एफएसबी सुरक्षा सेवाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि पैसा उठाएको आरोप पनि  लगाएको थियो।

रुसी मानवअधिकार कार्यकर्ताहरूले अमेरिकामा बस्दा उनले २२ फेब्रअरी  २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो दिन ५१.८० डलरको एकल स्थानान्तरण गरेको पाइएको दाबी गरेका छन् उनले रुसी सञ्चारमाध्यमलाई उक्त सजायविरुद्ध अपिल गर्ने बताएकी छन् ।

युक्रेनको लागि परोपकारी संस्था रजोमले यस वर्षको सुरुमा केरेलिनाको गिरफ्तारीको बारेमा सुनेर अचम्मित भएको जनाएको छ । केरेलिनाका प्रेमी, बक्सर क्रिस भान हेर्डेनले रुसप्रति आक्रोश ब्यक्त गरेका छन् ।  उनले विगत आठ महिनादेखि केरेलिनालाई अमेरिका   पठाउन दबाब दिइरहेका थिए।

प्रतिक्रिया