फेउ थाई पार्टीद्वारा सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन

एजेन्सी । थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा छनोट गरेको छ । 

थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि बिहीबार पार्टीले यो घोषणा गरेको हो । श्रेथा पार्टीको तेस्रो प्रधानमन्त्री हुन्  र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त भएका हुन् । 

पेटोङ्टार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने कि नगर्नेमा सांसदहरूले शुक्रबार संसदमा मतदान गर्नेछन् । थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिन्तीत गरेको छ । यो अवधिको अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीहरूविरुद्ध सेना र राजावादी समर्थक संस्थापनद्वारा लामो समयदेखि चलिरहेको सङ्घर्षले बढावा पाएको छ । 
 

प्रतिक्रिया