जापानमा टाइफुन एम्पिल आँधी आउनु अघि हवाइ उडान र रेल सेवा रद्द

एजेन्सी । जापानको पश्चिमी क्षेत्रमा टाइफुन एम्पिल नामको आँधी आउन सक्ने भन्दै  हवाइ उडान र रेलसेवाहरु बन्द गरिएको छ । 

पश्चिमी प्रशान्त क्षेत्र हुँदै अघि बढेको आँधीले भोली शुक्रबार जापानी बिभिन्न भू– भागमा प्रवेश गर्न सक्ने र त्यसले असर पार्न सक्ने बताइएको छ । आज बिहिबार जापानको मौसम पूर्वानुमान बिभागले जनाए अनुसार सो आँधीको गति प्रतिघण्टा १४० किलोमिटर रहेको छ । यो आँधीको प्रभाव ३६ घण्टासम्म रहने र त्यसपछि कमजोर हुने बताइएको छ ।

शुक्रबार साँझसम्म, यो टोकियोको दक्षिणपूर्व  नजिक पुग्ने अनुमान गरिएको छ । , मौसम  पूर्वानुमान अनुसार दुई ठूला एयरलाइन्स, जापान एयरलाइन्स र अल निप्पन एयरवेजले राजधानीको हानेडा र नारिता एयरपोर्टका  उडानहरू रद्द गरेका छन् । त्यसैगरी रेल यात्रा पनि अवरुद्ध भएको छ । जापानको  बुलेट ट्रेनले पनि केही स्थानको सेवा बिहिबार नै बन्द गरेका छन् ।  टोकियोलाई ओसाकासँग जोड्ने टोकाइडो रेल लाइन  पनि बन्द गरिएको छ । 

मौसम विज्ञान अधिकारीहरूले उत्तरी र पूर्वी जापानका केही भागहरूमा तेज हावा, भारी वर्षा, बाढी, पहिरो र नदीहरू बढ्नुका साथै समुद्रमा खतराको चेतावनी दिएका छन् । उनीहरुले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया