राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा गैरे निर्विरोध निर्वाचित

काठमाडौं । संघीय संसदका  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन् ।
समितिको दिउसो बसेको बैठकमा  ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित सभापतिले  गैरेरे बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया