महाकाली सिचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने छ : मन्त्री खड्का

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले महाकाली सिचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताए ।  

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाएको  प्रश्नको जवाफमा मन्त्री खड्काले उक्त आयोजनाअन्तर्गत भइरहेको तेस्रो चरणको कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहलकदमी लिएको सदनलाई जानकारी दिए ।  

बजेट अभावका कारण विसं २०८० वैशाख १६ सम्ममा निर्माण भएको  २७ करोड ६७ लाख रुपैयाँ बराबरको बिल भुक्तानीका लागि जलस्रोत तथा सिँचाइ विभागमा प्रतिवेदन पेस भए पनि हालसम्म भुक्तानी हुन नसकेको मन्त्री खडकाले जानकारी दिए ।  उनका अनुसार आयोजनाको स्वीकृत गुरुयोजना अनुसार समयमा नहर निर्माण सम्पन्न गरी तोकिएको लक्ष्य हासिल गर्नका लागि वनक्षेत्रमा पर्ने जग्गा भोगाधिकार तथा रुख कटानका लागि आव २०७९/८० देखि नै पहल हुँदै आएको थियो । 

प्रतिक्रिया