आगामी निर्वाचनमा काँग्रेस र एमाले मिलेर जान माओवादी सांसद सुवेदीको सुझाव

काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन । आजको राष्ट्रिय सभा बैठकमा उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न चुनौती दिएका हुन । सांसद  सुवेदीले संविधान संशोधन जनताबाट निर्वाचित कार्यकारी प्रमुखमा गर्न सुझाव समेत दिए । 
सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताए । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सुवेदीलाई जवाफ फर्काउदै देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताए । 
सांसद भट्टले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको उल्लेख गरे । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए । 
सांसद शेर्पाले सत्तामा बस्ने शासकहरुले विधिको शासन चलाउनुपर्ने बताए । उनले राष्ट्रिय परिचयपत्रलाीई सबै क्षेत्रमा लागू गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया