युक्रेनले रुस बिरुद्ध बेलायती हतियार प्रयोग गर्न पाउने

एजेन्सी । युक्रेनले  रुस विरुद्धको युद्धमा आफ्नो आत्मरक्षाको लागि बेलायतले दिएको  हतियार प्रयोग गर्न पाउने बेलायतले जनाएको छ । 

बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनसँग बेलायबाट सहयोग पाएको हतियार प्रयोग गर्न पाउने स्पष्ट अधिकार रहेको बताएका छन् । तर ती हतियार र उपकरणहरु अन्तर्राष्ट्रिय कानून अनुसार प्रयोग गर्न पनि बेलायले सुझाव दिएको छ । युक्रेनले बेलायती हतियार प्रयोग गर्दैमा रुस बिरुद्धको आक्रमण नरोकिने पनि जनाएको छ ।  

युक्रेनी सेना रसियाको कुर्स्क क्षेत्रमा प्रवेश गरेर आक्रमण गरिरहेका बेला बेलायती भनाई आएको हो । युक्रेनले आफ्ना सेनाले आक्रमण गरिरहेको  रुसी क्षेत्रका नागरिकहरूलाई बाहिर निस्कन मानवीय सहायताको मार्ग स्थापना गर्ने पनि जनाएको छ । उता रुसले भने युक्रेनी सेनालाई आफ्नो देशबाट पछाडि धकेलिरहेको दाबी गरेको छ ।रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो।

प्रतिक्रिया