सबै संघीय अस्पतालमा डेंगु उपचारको छुट्टै डेस्क स्थापना गर्ने मन्त्री पौडेलको भनाइ

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताएका हुन । मन्त्री पौडेलले भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने स्पष्ट पारे । 
मन्त्री पौडेलले सबै संघीय अस्पतालमा डेंगु उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगु संक्रमण देखिए निःशुल्क उपचार हुने पनि उनको भनाइ छ । उनले नसर्ने रोगहरुबाट नेपालीहरु आक्रान्त रहेकोपनि उल्लेख गरे ।

प्रतिक्रिया