सार्वजनिक गाडीमा सीसीटीभी र जीपीएस जडान गर्न गृहको निर्देशन

काठमाडौ । सरकारलदे यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंलाई निर्देशन दिएको छ । सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको हो । मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागजात लिएर यात्रा गर्ने कुरालाई व्यवहारमा उर्तान आग्रह गरेको हो । त्यससँगै यात्रुहरूलाई टिकट काटेर यात्रा गराउन, सार्वजनिक सवारी साधनमा सिसिटिभीको व्यवस्था गर्न, देशभर चल्ने सवारी साधनको तेस्रो पक्ष बिमा गराउन, लामो बाटोमा यात्रा गर्ने सवारी साधनमा कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न पनि भनेको छ । मन्त्रालयले सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ । यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न पनि सरकारले भनेको छ । चालक र सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूले अनिवार्य परिचय पत्र र तोकिएको पोशाक लगाउन, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने, सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउन पनि मन्त्रालयले भनेको छ । गत असार २८ गते सिमलतालबाट बग्दै आएको डेब्रिज सहितको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर बेपत्ता भएपछि सरकारले छानविन कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया