सिन्धुली जीप दुर्घटना : मृतकको संख्या ३ पुग्यो

काठमाडौं । सिन्धुलीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा ३ जनाको  मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । 

सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो जीप कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर  मर्साङ्गी मगर र ३५ वर्षीय पवन  मर्साङ्गीको मृत्यु भएको छ ।

दुर्घटनामा घाईतेलाई उपचारका लागि सिन्धुली अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध समेत भएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया