र्यापर सुरज चेरुकटको ‘बिग डग्स’ ग्लोबल चार्टमा नम्बर एक स्थानमा
एजेन्सी । भारतीय बेंगलुरुका चर्चित र्यापर हनुमानकिन्द (सुरज चेरुकट) को ‘बिग डग्स’ गीतले अहिलेसम्म चर्चा बटुलेको छ ।
यूट्यूबमा १५ मिलियन भन्दा बढी पटक हेरिएको यस गीतले जुलाई २६, २०२४ देखि भाइरल सङ्ग्स ग्लोबल चार्टमा नम्बर एक स्थान ओगटेको छ र टिकटक, इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्महरूमा भाइरल भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार दक्षिण एशियामा मात्र नभएर अन्य सबै तिर पनि हिपहप दृश्यलाई लिएर सुरज चेरुकटकाे चर्चा भइरहेका छ् । चेरुकुटको पछिल्लो गीत ‘बिग डग्स’ उनले र कल्मी रेड्डीले लेखेका थिए । सो गीत तयार पार्न उनीहरुलाई करिब ३० मिनेट लागेको थियो । यो गीतलाई बिजय शेट्टीले निर्देशन गरेका हुन् ।
बिग डग्स को सफलताको बावजुद, चेरुकुट अहिले पनि गीत लेख्ने तयारीमै छन् । चेरुकतको जन्म केरलामा भएको थियो तर परिवारीक व्यवसायका कारण उनी अफ्रिका र युएई लगायत देशमा परिवार अन्तहरुसँग विदेशमा नै हुर्केका थिए। तर, उनी आफ्नो करियर बनाउनु र मध्यमवर्गीय जिवन निर्वाह गर्नका लागि पुन: आफ्नै देश फर्किएर दक्षिण भारतको बेंगलुरुस्थित बसोबार गर्न थाले ।
प्रतिक्रिया