अदालतले फैसला नगरेसम्म भ्रष्टाचार आरोपीलाई निलम्बन नगरौं: प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारले मुद्दा दायर गर्नेबित्तिकै निलम्बन हुने व्यवस्थामाथि व्यापक छलफलको आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्न नहुने उनको तर्क छ । हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया