स्पष्टीकरणको जवाफ फर्काउदै मुकुलले मागे रबिको राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोधेको  २४ घण्टे स्पष्टीकरणबारे पूर्वमहामन्त्री डा. मुकुल ढकालले जवाफी पत्र पठाएका छन् ।  स्पष्टीकरणको जवाफ फर्काउदै ढकाललेपार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गर्न भन्दै सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

रास्वपाले ढकाललाई हिजो ‘तपाईँलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन भएको उल्लेख गरेका छन् ।

उनले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले कुनै पनि नेतालाई झुटो आरोप नलगाएको, ती सबै सत्यमा आधारित रहेको भन्दै स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न लामिछानेलाई चुनौती दिएका छन् ।

ढकालले स्पष्टीकरण जवाफमा सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?, आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्ने आँट छ रु र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् ।

ढकालले सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँटीरहेको दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया