डाक्टरको बलात्कारपछि हत्याको विषयलाई लिएर अस्पतालमा तोडफोड

एजेन्सी । भारतको कोलकत्ताको आरजी कार मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा चिकित्सकहरुले प्रदर्शन गरिरहेका बेला उत्तेजित भीड अस्पताल प्रवेश गरेर तोडफोड गरेको छ । 

गतहप्ताको शुक्रबार एकजना महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो । त्यसको बिरोधमा भारतभर अहिले चिकित्सकहरु आन्दोलनमा छन् । गएराती बिरोध स्वरुप चिकित्सकहरुले प्रदर्शन गरिरहेका बेला बाहिरबाट उत्तेजित भीड अस्पताल परिसरभित्र पसेर तोडफोड गरेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

 चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका बेला अज्ञात भीड अस्पताल परिसरमा पसेर प्रदर्शनस्थल, सवारी साधन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको थियो ।भीडले ती डाक्टरको बलात्कारपछि हत्या भएको अस्पतालको सेमिनार हलमा पनि तोडफोड भएको दाबी सामाजिक सञ्जालमा भइरहेको छ । तर कोलकत्ता प्रहरीले भने  भीड सेमिनार हलमा प्रवेश नगरेको जनाएको छ । डाक्टरहरुको आन्दोलनमा समर्थन गर्न आएको भीड अस्पतालमा प्रवेश गरेर तोडफोड गर्न थालेपछि प्रहरीहरुलाइ भीड नियन्त्रण गर्न निकै समय लागेको थियो ।  

समाचारमा जनाइए अनुसार गत हप्ताको शुक्रबार सो मेकिकल कलेजमा अध्ययनरत ती महिला चिकित्सकको अर्धनग्न शरीर अस्पतालको सेमिनार हलको छेउमा भेटिएको थियो । उनी आफ्नो ड्यूटी सकेर सेमिनार हलमा आराम गर्न गएकी थिइन् । त्यतिनै बेला बाहिरबाट अस्पताल प्रवेश गरेर एक वयक्तिले उनलाई बलात्कार गरेर हत्या गरेको देखिएको छ । हत्या आरोपी पक्राउ परेको र सो व्यक्ति भारतीय प्रहरीमा पहिला स्वयंसेवकको रुपमा काम गरेको ब्यक्ति भएको पनि बीबीसीले जनाएको छ । नीज व्यक्ति प्रहरीमा स्वयं सेवक भएकै कारण उसले अस्पतालमा प्रवेश सहज रुपमा पाएको र उसलाई चिनेको आधारमा कसैले रोकतोक गर्दैन थिए ।  

त्यसकारण उसले सहज प्रवेश पाएर ती चिकित्सकको हत्या र बलात्कार गरेको जनाइएको छ । हत्या र बलात्कारमा संलग्न व्यक्ति पक्राउ परेपनि आक्रोशित डाक्टरहरूले उनीहरूको सुरक्षाको लागि कडा संघीय कानूनको माग गरेका छन्। 
 

प्रतिक्रिया