झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत  १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले  १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ । 

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च  ३ करोड ८६ लाख १६ हजार ४ सय ५७ भएको जनाएको छ । 
रासस

प्रतिक्रिया