युक्रेनी सेनाले गरे रुसको भूमिमा घुसेर आक्रमण

एजेन्सी । युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् । 

आफ्नो सेना कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको उनले बताए । उनले सामाजिक सञ्जालमा सो क्षेत्रका फोटो र भिडियोहरु पनि सार्ववनिक गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिएको छ । 

उक्त भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा  १ सय जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् । दुई दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । 

हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ । यद्यपि युक्रेनी सेनाले रुसको भूमि कति कब्जा गर्यो भन्ने अझै एकिन हुन नसकेको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया