यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई
काठमाडौं । यसपटकको यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । योसँगै रियल मड्रिडले छैटौं पटक सुपर कपको उपाधि जितेर सवैभन्दा धेरै सुपरकप उपाधि जित्ने कीर्तिमान पनि बनाएको छ ।
बुधबार राति पोल्यान्डको नेशनल स्टेडियममा भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हराउदै उपाधि उचालेको हो । रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा भाल्भेर्देले र ६८ औँ मिनेटमा एमबाप्पेले एक एक गोल गरेका थिए ।
गत जुलाई १६ मा एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो ।
यस्तै, बार्सिलोना र एसी मिलानले समान पाँच पटक उपाधि जितिसकेका छन् ।
प्रतिक्रिया