माओवादी केन्द्र स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । बैठक दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । 

एक सातादेखि जारी बैठकमा  स्थायी समिति सदस्यहरूले नेतृत्वको कार्यशैली, पार्टीको नीतिप्रति प्रश्न उठाएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ । 

यसअघि बैठकमा मूल नेतृत्वले पार्टी विधि र प्रणाली मिच्दा समस्या आएको भन्दै पदाधिकारी र स्थायी समिति सदस्यहरूले अध्यक्ष  दाहालको कार्यशैलीप्रति चर्को प्रश्न उठाएका छन् । अधिकांश नेताले पार्टी बिग्रिएको निष्कर्षसहित नेतृत्वको स्वेच्छाचारीबाट नभई सामूहिक विधि र प्रणालीबाट पार्टी चलाउनुपर्नेमा जोड दिएका छन् । 

यस्तै, उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक उथलपुथलमा दाहाल जिम्मेवार रहेको आरोप लगाएका छन् । माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिबारेमा समीक्षा गर्न र पार्टी निर्माणका लागि कार्यक्रम तय गर्न बैठक बोलाइएको हो । 

प्रतिक्रिया