बंगलादेशका पूर्व कानूनमन्त्री र शेख हसिनाका सल्लाहकार प्रहरी हिरासतमा

एजेन्सी । बंगलादेशका पूर्व कानूनमन्त्री र पूर्वप्रधानमन्त्री  शेख हसिनाका सल्लाहकारलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशका पूर्व कानूनमन्त्री अनिसुल हक र पूर्व प्रधानमन्त्री शेख हसिनाका व्यक्तिगत उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको हो ।

ढाकाको न्यू मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न भएको अभियोगमा दुवै जनालाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेश गरिएको थियो । त्यहाँबाट उनलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो ।

उनीहरुविरुद्ध गत १६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले जाहेरी दिएकी थिइन्।
 

प्रतिक्रिया