कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। सबै प्रदेशका  एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, बिहीबार राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  एक/दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया