रमेश खरेलले चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् ।

 खरेलले आफूविरुद्ध  भ्रामक सूचना सम्प्रेषण गरेर आफ्नो चरित्रहत्या गरेको आरोप कुलमानले लगाएका हुन् । आज एक विज्ञप्ती निकाली कुलमानले खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको दाबी समेत गरेका छन् । 

 कुलमानले आफूविरुद्ध परेको उजुरी खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुलाई सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको बताएका छन् । उनले निष्ठासाथ जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन खरेलबाट सुनियोजित रुपमा निहित स्वार्थका साथ काम गरिरहेको आरोप समेत लगाएका छन् । 

कुलमानले आफूले पदीय दुरुपयोग गरी दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको दाबी गर्दै खरेलले लगाएको आरोपको भ्रममा नपर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया