दूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री शाहको पक्षमा एमालेको ११, कांँग्रेसको १८,  नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।

शाह नेतृत्वको सरकार आएपछि तत्काल रोकिएको राजश्व संकलनको कामलाई सुचारु गर्न सामयीक कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । 

प्रतिक्रिया