थाइल्याण्डका प्रधानमन्त्रीलाई अदालतले बर्खास्त गर्‍यो

एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई नैकितकताको नियम उल्लंघन गरेको भन्दै पदमुक्त गरेको छ । 

प्रधानमन्त्री  थाभिसिनले आफ्नो मन्त्रिपरिषदमा  एक जना पूर्व वकिललाई भ्रष्टाचार गरेर मन्त्रीमा नियुक्त गरेको भन्दै अदालतले बर्खास्त गरेको हो ।

संवैधानिक अदालतले  श्रेथाले अपमानजनक व्यवहारको प्रदर्शन गरेर नैतिकता सम्बन्धि नियमहरू उल्लङ्घन गरेको ठहर गरेको छ । एक वर्षभन्दा कम समयदेखि सत्तामा रहेका ६२ वर्षीया श्रेथा १६ वर्षमा सोही अदालतबाट हटाइने तेस्रो प्रधानमन्त्री हुन् ।

थाइल्याण्डको संसदले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म उनको स्थानमा अन्तरिम नेता नियुक्त गरिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अदालतको फैसलापछि उनले आफू आफ्नो  मेरो इमानदारीमा विश्वस्त भएको र अदालतको निर्णयले दुखित बनाएको थाभिसिनले प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसला अन्तिम भएको र त्यसविरुद्ध आफू जान नसक्ने पनि स्पष्ट पारेका छन् । अदालतको फैसलाले थाइल्याण्डमा राजनीतिक अस्थिरता बढाएको आशंका गरिएको छ  । श्रेथाको बर्खास्तीले आगामी  भदौं १८ र १९ मा हुने भनिएको  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलन के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । 

प्रतिक्रिया