विधेयकमा जुटेको सहमतिले लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिन्छ: चौरसिया

काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताएका छन् ।   

प्रतिनिधिसभाको बुधबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गरेका छन् । 

रासस 
 

प्रतिक्रिया