भ्रष्टाचारको आरोपमा प्रतिवाद गर्दै कुलमानले निकाले बक्तव्य (पूर्णपाठ)

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्।  विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागिरहेको भन्दै घिसिङले आपत्ति जनाएका हुन् । 

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए।

उक्त सामग्री खरेलले सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको आरोप घिसिङले लगाएका छन्। खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण र सञ्चार माध्यमबाट प्रशासित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कुलमानले जनाएका छन् । ‘ उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थकासाथ यस्ता कामहरू भइरहेका थिए र छन्,’ उनले भनेका छन् ।  

प्रतिक्रिया