महिला डाक्टरमाथि बलात्कारपछि हत्या,सुरक्षा माग गर्दै भारतभरका चिकित्सक आन्दोलित

एजेन्सी । भारतमा पश्चिम बंगालमा एक महिला चिकित्सकमाथि भएको बलात्कार र हत्याको विषयलाई लिएर त्यहाँका चिकित्सकहरु आन्दोलनमा छन् । 

गत शुक्रबार भारतको कोलकातामा रहेको  १३८ वर्ष पुरानो आरजी कार मेडिकल कलेजमा एक महिला चिकित्सको बलात्कार पछि हत्या भएको थियो । त्यही विषयलाई लिएर अहिले भारतभर सहित पश्चिम बंगालका चिकित्सकहरुले आन्दोलन गरिरहेका छन् । अस्पतालभित्रै यस्तो अपराध भएको भन्दै चिकित्सकहरु चिन्तित भएका छन् । 

समाचारमा जनाइए अनुसार गत हप्ताको शुक्रबार सो मेकिकल कलेजमा अध्ययनरत ती महिला चिकित्सकको अर्धनग्न शरीर अस्पतालको सेमिनार हलको छेउमा भेटिएको थियो । उनी आफ्नो ड्यूटी सकेर सेमिनार हलमा आराम गर्न गएकी थिइन् । त्यतिनै बेला बाहिरबाट अस्पताल प्रवेश गरेर एक वयक्तिले उनलाई बलात्कार गरेर हत्या गरेको देखिएको छ । हत्या आरोपी पक्राउ परेको र सो व्यक्ति भारतीय प्रहरीमा पहिला स्वयंसेवकको रुपमा काम गरेको ब्यक्ति भएको पनि बीबीसीले जनाएको छ । नीज व्यक्ति प्रहरीमा स्वयं सेवक भएकै कारण उसले अस्पतालमा प्रवेश सहज रुपमा पाएको र उसलाई चिनेको आधारमा कसैले रोकतोक गर्दैन थिए ।  

त्यसकारण उसले सहज प्रवेश पाएर ती चिकित्सकको हत्या र बलात्कार गरेको जनाइएको छ । हत्या र बलात्कारमा संलग्न व्यक्ति पक्राउ परेपनि आक्रोशित डाक्टरहरूले उनीहरूको सुरक्षाको लागि कडा संघीय कानूनको माग गर्दै शहर र भारतभर काम बन्द गरेका छन्। यो दुखद घटनाले देशमा डाक्टर र नर्समाथि हुने हिंसालाई प्रस्ट पारेको भन्दै यसलाई अन्त्य गर्ने कानून बनाउन उनीहरुको माग छ ।

कोलकाता अस्पतालमा भएको अपराधले भारतका धेरै राज्य–संचालित स्वास्थ्य संस्थाहरूमा चिकित्सा कर्मचारीहरूले सामना गर्ने चिन्ताजनक सुरक्षा जोखिमहरूलाई उजागर गरेको भारतीय चिकित्सकहरुको भनाई छ । 
 

प्रतिक्रिया