एआईबाट फेक भिडिओ बनाई चरित्रहत्या गर्नेलाई कारबाही गर्न सुनिता डंगोलको पत्राचार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गरि सहयोग गर्न साइबर ब्यूरोलाई पुनः आग्रह गरेकी छन् ।

यसअघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुन ब्यूरोलाई आग्रह गर्दै पत्र लेखेको छ ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमको हस्क्षरसहितको पत्रमा उल्लेख गरिएको छ ।

हालैमात्र एक सार्वजनिक कार्यक्रममा मेयर बालेन्द्र शाह र डंगोलसँगै रहेको भिडिओलाई तोडमोड गरी अनर्गल तरिकाले सामाजिक सञ्जालमा भाइरल बनाइएपछि साइबर ब्यूरोमा पत्रारचार गरिएको हो ।   

 

प्रतिक्रिया