२०५४ सालदेखि नै प्रचण्डसंग लगातार संवादमा रहेको माधव नेपालको खुलासा

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन् । बुधबार संसदमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए । 


‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ । २०५८ साउन ३१ सिलगुढीमा भयो ।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराए । 
 

प्रतिक्रिया