लिङ्देनको प्रश्न: शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजाको महत्वपूर्ण भूमिका किन बिर्सेको ?

संसद‍्मा गणितमात्र सत्य नभएको जिकिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

टीआरसी विधेयकमाथि संसद्‌मा भएको छलफलमा भाग लिँदै बुधबार लिङ्देनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियामा योगदान दिएबापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्नेको उनको भनाइ छ ।
‘यो शान्ति प्रक्रियालाई टुंगोको पुर्याउन राजाको योगदान छैन रु आजको दिनमा राजालाई सम्झिनुपर्ने होइन रु दलहरुले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’ उनले भने ।
उनले त्यसअघि भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

दलहरुले बहुमत र मौका पाउनेबित्तिकै राजालाई बिर्सिएको उनको गुनासो छ । लिङ्देनले बङ्गलादेशको उदाहरण दिँदै संसद‍्मा  प्राप्त गणितमात्र सत्य नहुने बताएका छन् । ‘झण्डै २ हजार पूर्वसेना–प्रहरीका मानिस राजनीतिक दलको घरदैलो गरिरहेका छन् । जसले पेन्सन पकाउन एक वर्ष बाँकी हुँदा जागिर छोड्न बाध्य पारियो’, उनले भने, ‘ त्यस्ता मानिसहरूका बारेमा टीआरसीमा ठोस उल्लेख गरेको पाइँदैन । यसमा सरकारले न्याय सम्पादनका क्रममा ध्यान पुर्‍याओस् ।’ उनले पीडितका पक्षमा आफूहरूले आवाज उठाइरहने पनि बताए ।

प्रतिक्रिया