जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेको भन्दै प्रचण्डको असन्तुष्टि

जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको गुनासो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूले ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरूले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि जनाए । 

सदनमा बोल्दै प्रचण्डले भने, “अहिले पनि नेताहरूले बोल्दा ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेको पाइन्छ। ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ, यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरहेका छौं, त्यो सम्भव हुने थिएन ।”


संविधानसभाबाट बनेको संविधानको अनुसूचीमा नै ‘जनयुद्ध’ शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरूको ध्यानाकर्षण गराए ।

 

 

प्रतिक्रिया