गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई आममाफी दिइदैन: प्रचण्ड

 
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र युद्धका क्रममा घटेको घटनाका दोषी सबैलाई एकमुष्ट आममाफी नदिने बताएका छन् ।  संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित हुनुअघि सदनमा बोल्दै प्रचण्डले गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई आममाफी नदिई कारबाहीको प्रक्रियामा लैजाने बताए । 

सदनमा बोल्दै दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताए।  उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए । राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको उनले बताए । सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए । सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत आफ्नो पार्टी विभाजन भए पनि देश बचेको उनको भनाई थियो ।

प्रतिक्रिया