साधारण सदस्यबाटै हटाउने आशयसहित रास्वपाले माग्यो मुकुलसंग स्पष्टीकरण

काठमाडौं । महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई  राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)ले  स्पष्टीकरण माग गरेको छ  । साधारण सदस्यबाटै हटाउने आशयको सूचीसहित २४ घण्टे स्पष्टीकरण माग गरिएकोे छ  ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्टीकरणमा पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने रु तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने रु आफ्ना आधार प्रमाण भनाइसहित २४ घण्टाभित्र जवाफ पठाउन भनेका छन् ।

प्रतिक्रिया