ओलीको फोटो राखेर यज्ञ गर्ने खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पक्राउ परेका पुष्कर खतिवडाविरुद्ध मुद्दा दायर भएको छ ।

साइबर अपराधको कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले साउन १४ गते पक्राउ गरेको थियो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले  पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।

प्रतिक्रिया