'टिआरसी' विधेयक पीडित मैत्री छ, राष्ट्रियसभाबाट पनि पारित हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयक पीडित मैत्री बनाएर अघि बढाएको बताएका छन् । विधेयक पारित गर्नुअघि आज प्रतिनिधि सभामा बोल्दै  प्रधानमन्त्री ओलीले पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधि सभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए । उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे । 

ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए । 
शान्तिका पक्षधर हामी सबैलाई यो खुसीको कुरा हो भन्दै ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गर्ने उनले बताए । अरु दलबाट पनि सहयोग को विश्वास लिएको बताए ।

टिआरसी विधेयक टुंगिएपनि नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन हुने उनले बताए ।  

 

प्रतिक्रिया