पोलिग्राफ गर्न मानेनन् बेचन झाले

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका बेचन झाबारे अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएका हुन् ।
असार १४ मा पक्राउ परेका बेचनले भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।  
पक्राउ परेका झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया