जापानका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा राजीनामा दिने घोषणा

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा राजीनामा दिने घोषणा गरेका छन् । 

प्रधानमन्त्री किशिदाले आगामी महिना हुने पार्टी चुनावमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीको नेतृत्वको लागि पुनः चुनावमा नजाने घोषणा गरेका हुन् । बुधबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा किशिदाले एलडीपीको नेतृत्वमा नयाँ अनुहारको आवश्यकता रहेको र नयाँ नेतृत्वलाई आफूले पूर्ण समर्थन गर्ने बताएका हुन् । 

उनको यो घोषणासँगै आगामी सेप्टेम्बारपछि जापानले नयाँ प्रधानमन्त्री प्राप्त गर्ने भएको छ । पारदर्शी र खुला चुनाव तथा स्वतन्त्र र ऊर्जावान बहसमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने किशिदाको भनाइ छ । किशिदा सेप्टेम्बर सन् २०२१ मा तीन वर्षको कार्यकालका लागि पार्टीको अध्यक्षमा चयन भएका थिए । 

आउने चुनावमा पार्टी नेता जसले जित्छ उही जापानको आगामी प्रधानमन्त्री बन्नेछ किनकी एडीपीसँग सबैभन्दा बढी सांसद सिट रहेको छ ।

प्रतिक्रिया