पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट सात करोड राजस्व सङ्कलन

पोर्चुगल ।  विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको  राहदानीसम्बन्धी  घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार ५ सय ५४ राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।
रासस 

प्रतिक्रिया